नेपालको शिक्षा महँगो भयाे : डा. शेखर कोइराला

28

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको जनाउनुभएको छ ।मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो जनाउनुभएको हो ।

उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको जनाउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसाबले अघि बढिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

नेता कोइरालाले शिक्षा र स्वास्थ्यको महँगी हटाउनुपर्ने जानकारी दिनुभयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेता कोइरालाले आफ्ना सन्तानलाई पढाउन सक्ने अवस्था नै नरहेको जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here