काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो। यो हालसम्मकै उच्च मुल्य रहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ
। मंगलबार तोलामा १ हजार ८ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भैइरहेको छ ।


















