काठमाडौं । उदयपुर, कटारी नगरपालिका-३ राजाबासस्थित फोहोर फाल्ने डम्पिङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, बिराटनगर महानगरपालिका-४ कंचनबारीस्थित नोबेल अस्पताल बिराटनगरको गाईनो वार्डमा रहेको शौचालयमा सालनाल सहितको नवजात बालक शिशुको शव बुधबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















