मोरङ । जहदा गाउँपालिका-७ तारेगमा बस्ने ४३ वर्षीय नथु मण्डलको घरमा विद्युत सट भई बुधबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, जिन्सी सामान लगायतका सामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















