जबरजस्ती करणी गर्ने प्रयास

57

रुपन्देही । रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ।

कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल खरेललाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले खरेललाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरिएको बताए। २३ वर्षीया सहकर्मीलाई जबरजस्ती करणी गरेको विषय छानबिन भईरहको उनले जनाए।

उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको हो। घटना भदौ १ गते रातिको हो। रातको समयमा आफू एक्लै भएको मौका पारेर कोठामा प्रवेश गरी खरेलले जबरजस्ती करणी गर्न खोजेको पीडितको भनाइ छ।

घटना भएको रात महिलाका श्रीमान् घर बाहिर थिए। सोही मौकामा खरेलले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडितले बताइन्। भदौ ४ गते प्रहरीकहाँ उजुरी परेसँगै भदौ ५ गते प्रहरीले पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here