काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने जनाएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई पक्राउ गर्न ढिलाई गर्न नहुने बस्नेतले जनाए ।
उनले लामिछानेलाई पक्राउ नगर्ने हो भने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने समेत बताए । उनले नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गरे ।


















