सानो पार्टी भनेर धेरै गीत नगाउन नेताहरुलाई आग्रह

25

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सानो पार्टी भनेर धेरै गीत नगाउन आफ्नो दलका नेताहरुलाई आग्रह गरेका छन्। केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले सानो पार्टी भनेर हिनताबोध गर्नु जरुरी नभएको जनाए ।

‘सधैंभरि सानो पार्टी, सानो पार्टी भनेर एउटै गीत गाउनु जरुरी छैन,’ उनले भने, ‘म त यो शब्द सुन्न पनि चाहँन्न।’

अध्यक्ष नेपालले आफ्नो पार्टीलाई अरु दलसँग तुलना समेत गरे। ‘के सानो पार्टी, मजदूर किसान पार्टीभन्दा सानो छ? मोहनबिक्रमजीको पार्टीभन्दा सानो छ? मोहन वैद्यको पार्टी भन्दा सानो छ? विप्लवजीहरुको पार्टी भन्दा सानो छ?,’ नेपालले नेताहरुलाई प्रश्न गरे।

हिजो आफूहरु भएको एमाले जत्रो मात्र नभएको उनले बताए। तर सानो भन्ने हिनाताबोध गरेर पार्टी नबन्ने भन्दै अध्यक्ष नेपालले भने, ‘पुष्पलालले त्यही गीत गाउनुभएको भए के हुन्थ्यो हालत? हामीले कोके (कोअर्डिनेसन केन्द्र) बनाउँदा त्यही गीत गाएको भए के हुन्थ्यो हालत?’

कोअर्डिनेशन केन्द्र (कोके) बनाउने समयमा आयोजित पहिलो बैठकमा झलनाथ खनाल, सीपी मैनाली र आफू मात्र भएको स्मरण गरे। उनले भने, ‘८ महिना सारेर बैठक गर्दा ८ जना ल्याउने भन्दा ६ जना भयौं।’

हरेक पार्टी निर्माणको इतिहास कोर्दा आत्तिनुपर्ने केही नभएको नेपालले बताए। ‘अरु ठूला भनिएका पार्टीका नेताहरु हामीलाई भन्छन्, यो पार्टीलाई बलियो बनाउनुस्, हाम्रो सद्भाव छ’, उनले भने, ‘यसअर्थमा हामीले हिनताबोध गर्न आवश्यक छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here