आज पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानको सामना गर्दै

18

काठमाडौं  । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानको सामना गर्दैछ।

नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रिनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुनेछ।
नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

नेपालले समूह चरणका दुवै खेल जितेको थियो। समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ ले पराजित गर्दै ६ अंक जोडेको थियो। भुटानले समूह चरणमा माल्दिभ्सलाई पराजित गर्दा भारतसँग खेल गुमाएको थियो।

बंगलादेश नेपाल रहेको समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो। नेपाल रहेको समूहको अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ।

दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here