सरकारप्रति आशावादी बन्न आग्रह

33

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताएका हुन्।

वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गर्दै उनले त्यसैका लागि आफू फेरि प्रधानमन्त्री बनेको बताए। आफू यो उमेरमा पनि देशमा परिवर्तन ल्याई छोड्ने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले भने, ‘स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ। नेपाल फर्कन चाहनेहरुलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ। म भन्न चाहन्छु– अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्। यसमा फरक पर्दैन। भर पर्नुपर्छ यो सरकारसँग। किनभने यो केही काम गर्नका लागि बनेको छ। म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन। तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here