एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र

30

काठमाडौं । एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्‍याएको छ।

पहिलो चरणको छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले जनाएको छ।  ‘प्रहरीले अनुसन्धान गरेका र विभिन्न समयमा विदेश बसेका र त्यहाँबाट फर्किएका व्यक्तिलाई दिइएको लाइसेन्सलाई आधार मानेर गरिएको छानबिन अन्तिम चरणमा पुगेको छ’, अख्तियार स्रोतले भन्यो।

  अख्तियार स्रोतका अनुसार नक्कली लाइसेन्स वितरण प्रकरणमा मुछिएका करिब ३ सय ५० कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। यातायात व्यवस्था विभागले नक्कली लाइसेन्ससम्बन्धी विवरण अख्तियारलाई दिएको छ।
अख्तियारले विभागबाट पुरै कागजात र सूचना मागेर अनुसन्धान गरिरहेको छ। नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here