सवारी दुर्घटनामा चार जनाको मृत्यु

28

काठमाडौं । बाँके, जानकी गाउँपालिका-६ कोठारपुरस्थित सडकमा दाङबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख २१२८ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार दाङ घोराही उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय बिमल राईको मेडिकल कलेज कोहलपुरमा र अन्य २ जना पुरूषको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसमा भे.१ ब ६७१ नम्बरको मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना भएको छ ।

दुर्घटनामा घाइते भएका बसमा सवार २१ जनाको भेरी अस्पताल नेपालगंजमा र बसमा सवार ४ जना तथा मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-१७ स्थित सडकमा धरानबाट चतरातर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ५५९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ लेटाङ नगरपालिका-७ बस्ने २१ वर्षीय यादव लिम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here