काठमाडौं । इजरायलले केयर गिभरका लागि लैजाने २२ जना नेपाली गोला प्रथाबाट छनोट गरेको छ ।
इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोला प्रथामार्फत दुई हजार २०४ जना नेपाली कामदारको छनोट गरेको हो ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बिहीबार इजरायलले श्रमिक छनोट गरेको जानकारी दिए । विभागले नेपाली केयर गिभरका लागि आएको आवेदनमाथि छानबिन गरी ३ हजार ४६१ जनाको नामावली इजरायल पठाएको थियो ।
मन्त्रालयले कामदार छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकता जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गरेको थियो । हाल छानबिन जारी रहेको मन्त्रालयले जनाएको छ ।
सुरुमा इजरायलले ८०० जना श्रमिक लैजाने भनेकोमा पछि दुई हजार जना श्रमिक लैजाने भन्दै पत्र पठाएको थियो ।


















