पाँचथर । तुम्वेवा गाउँपालिका-२ स्थित खैरेनी फिकुवा साईडको पाँखा भिरमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पदम बहादुर खड्काको घर, आँगनमा रहेको काठ र गोठमा आगलागी हुँदा घर, गोठ लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

















