नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

71

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार लिग २ को तयारी क्याम्पका लागि १९ सदस्यीय टोली श्रीलंका पठाएको हो। श्रीलंका भ्रमणका क्रममा टोलीले ३ सेप्टेम्बरदेखि ९ सम्म ३ अभ्यास खेल समेत खेल्नेछ। नेपाली टोलीले ३, ५ र ७ सेप्टेम्बरमा श्रीलंका डेभलपमेन्ट टोलीसँग खेल्नेछ।

४ दिन अभ्यास गर्नेछ। सन्दीप लामिछाने लगायतका केही खेलाडी भने क्यानडाको भिसा प्रकृयामा रहेकाले अहिले टोलीसँग नगएको क्यानले  जनाएको छ।

श्रीलंका भ्रमण गर्ने १९ सदस्यीय टोली: रोहित पौडेल, आसिफ शेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुल्सन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here