दुई दिने एमालेको पोलिटब्यूरो बैठक बस्दै

31

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

उनका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ।

बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here