झापा । भारतको सिक्किमका पूर्वस्वास्थ्यमन्त्री तथा छाला रोग विशेषज्ञ डा. मणिकुमार शर्मा (एमके) बेलायतको क्युमेट मेडिकल इन्स्टिच्युटले शनिबार मानार्थ अवार्ड दिएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा आयोजित एक समारोहबीच छाला रोग विशेषज्ञ शर्मालाई भारतमा रहेर चिकित्सा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उक्त अवार्ड दिइएको हो । क्युमेट इन्टरनेसनलका कार्यकारी निर्देशक प्रकाश सुवेदी र क्युमेट इन्टरनेसनलकी एकाडेमिक निर्देशक जिल आयालोटले संयुक्तरुपमा अवार्ड हस्तान्तरण गरेका हुन् ।
केही महिनाअघि उनले सत्तारुढ दलप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका थिए ।
बेलायतमा मुख्यालय रहेको क्युमेट इन्टरनेसनलले नेपालको स्वास्थ्य सेवाको रूपान्तरणमा मद्दत पुर्याउने उद्देश्यले चितवन मेडिकल कलेजसँगको सहकार्यमा विभिन्न फेलोसिप कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

















