काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् ।
काठमाडौंको टेकुस्थित महासंघ सचिवालयमा सम्पन्न बैठकले यस्तो सहमति गरेको महासंघले जनाएको छ ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए ।
द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई दुई पक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडि बढन जरुरी रहेको कुरा बताए ।
महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनु पर्ने विषयमा छलफल बैठक आयोजना हुन पर्ने कुरालाई जोड दिइन् ।
दुईपक्षीय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्या सरकारमा जानु भन्दा अगाडि दुई पक्षका बीच छलफल हुनका साथै अन्तरास्ट्रिय अभिसन्धी पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको बिषयलाई जोड दिईएको थियो ।


















