भीमार्जुनको ‘एउटा जीवन’ आयो

266

काठमाडौं/ संविधानविद् डा. भीमार्जुन आचार्यको तेस्रो गीति एल्बम ‘एउटा जीवन’ सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा एल्बममा आबद्ध समूहले नै एल्बम विमोचन गरेको हो । संगीत क्षेत्रमा अर्जुन मिलनको नामले परिचित भीमार्जुनको यो एल्बममा आठवटा गीत समेटिएका छन् । क्षेत्रप्रताप अधिकारी, किरण खरेल, श्रीपुरुष ढकाल, रमेश क्षितिज, कालीप्रसाद रिजाल र भीमार्जुनको शब्द रहेको एल्बममा उनीलगायत नारायण रायमाझी, टीका भण्डारी, सन्तोष श्रेष्ठ, सागर अधिकारी र बीबी अनुरागीले संगीत गरेका छन् । एक सय गीत लेखिसकेका भीमार्जुनले दुई दर्जन गीतमा संगीत दिएका छन् ।
जीवनमा कानुनको पुस्तकभन्दा पहिला हार्मोनियम समाएको बताउादै यी दुवै क्षेत्रलाई सागै लिएर हिाड्दाको अनुभव उनले सुनाए, ‘पहिले संगीत र कानुनको तालमेल मिल्दैनजस्तो लाग्थ्यो, त्यो मेरो भ्रम रहेछ ।’ एल्बममा समेटिएका दुई गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन सञ्चारकर्मी प्रेम बानियााले गरेका हुन् । एल्बम रीमा डिजिटल रेकर्डिङले बजारमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here