ओलम्पिक पदक जित्न सफल पलेशालाई विमानस्थलमा भव्य स्वागत

23
फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागतपछि नगर परिक्रमा गराइँदै । साथमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायत । तस्बिर ः हरिराम भेटुवाल / रासस

काठमाडौं । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बिहान स्वदेश टेकेकी पलेशालाई विमास्थल पुगेर राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमी लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू झाँकी र बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।

पलेशाको सम्मानमा राष्ट्रिय खेलकुद परिषदले विमानस्थलदेखि राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गण त्रिपुरेश्वसम्म नगर परिक्रमा गराएको छ । र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याको छ। राखेपमा उनलाई स्वागत तथा उनको अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ।

पलेशाले पारा तेक्वान्दो के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्। सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आएको भए पनि पदकविहिन थियो । एसियाली खेलकुद प्रतियोगितामा प्राप्त भएका रजत पदक नै नेपाली खेलकुद इतिहासको उच्च सफलता थिए । अब पेरिस पारालिम्पिकमा पलेशाले प्राप्त गरेको सफलताले इतिहास बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here