घट्याे सेयर बजार ९०.७३ अंककाे घट्याे

24

काठमाडौं । नेपालको सेयर बजार बुधबार ९०.७३ अंकले घटेको छ।

उच्च गिरावटसँगै नेप्से परिसूचक २७३९ अंकमा कायम भएको छ। बुधबार कारोबार रकम पनि केही घटेको छ।

अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो। ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो।

सबै क्षेत्रका सूचक घटेका छन्। बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे।

बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here