मावि सौडियारमा तिज बिशेष कार्यक्रम

39

दाङ । दाङको घोराही ७ स्थित मा.वि.सौडियारको आयोजनामा मंगलवार तिज बिशेष,स्वागत तथा विदाई कार्यक्रम भएको छ ।

हरितालिका तिजको अवसर पारेर बिद्यालयबाट अनिवार्य अवकास भएका जानुभएका निबर्तमान प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई बिदाई तथा नयाँ सरुवा भएका र नियुक्ती भएर आएका शिक्षकहरुलाई स्वागत गरिएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्राईको अध्यक्षता तथा बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सो अवसरमा बिद्यालयमा सरुवा भएका आउनुभएका शिक्ष हिरालाल भण्डारी,शेर बहादुर चौधरी र नयाँ नियुक्ती हुनुभएका शिक्षकहरु यम बहादुर चौधरी,सुलोचना ज्ञवाली,समिक्षा चौधरी,प्रतिक्षा न्यौपाने तथा लेखापाला बसन्ता केसीलाई टिका र खादा लगाएर स्वागत गरिएको थियो । बिद्यालयका शिक्षक हिरालाल न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बिदाई भएर जान थाल्नुभएका निवर्तमान प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई खादा,माला,प्रमाणपत्र तथा मायाको चिनो सहित बिदाई गरिएको थियो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमारसिंह पुन,बिद्यालयका प्रधानाध्यापक नन्द बहादुर भण्डारी,बिद्यालयका पूर्व प्रधानाध्यापक बिकास गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बिद्यार्थीहरुविच तिज नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक विष्णुराज चौधरीले गर्नुभएको थियो । विमल योगी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here