मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सप्पन्न 

29

कपिलवस्तु ।  कृष्णनगरमा मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ।

मानव बेचबिखन बिरुद्ध कृयाशिल रुपमा काम गर्ने सस्था आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, लगाएत अन्य संघ सस्था र नेपाल प्रहरी सशस्त्र प्रहरीको समन्वयमा विभिन्न कार्यक्रम गरि समापन गरेको छ ।  कार्यक्रमको अवसरमा विशेष गरि कृष्णनगर नगरपालिका भित्र रहेका  विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो । ईलाका प्रहरी कार्यालय कृष्णनगर र संघ सस्थाको सक्रियतामा मानव बेचबिखनको अवस्था र यसबाट सचेत हुने विषयमा विद्यालयमा गई सचेत गराइएको थियो ।

किशोर किशोरी बढी जोखिम हुने देखिएपछी स्कुलमा नै गएर यस्ता सचेतनामुलक स्कुल शिक्षा दिएको खण्डमा प्रभावकारी हुने बुझाई आम सरोकारवाला निकायको रहेको र त्यसको प्रभावकारिता देखेर पनि यस्ता कार्यक्रम गरिएको छ ।

कार्यक्रम को अन्तिम दिन अर्थात भाद्र २० गते विहिवार निकै भब्य रुपमा समापन गरिएको छ । विभिन्न संघ सस्था, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, होटेल व्यावसायि संघ लगायत स्थानीय ब्याक्तीहरुको सहभागीमा र्याली  कार्यक्रम गरिएको थियो । उक्त र्याली कृष्णनगर नगरपालिकाकि उप प्रमुख आरती देबि चौधरीको अगुवाईमा भएको थियो । जसमा जनप्रतिनिधि रामकुमार गुप्ता, प्रमुख प्रशासकीय अधिकृत, लगाएतका ब्याक्तीहरुको सहभागी रहेको थियो ।र्याली गोलघर बाट सुरु भैई बजार परिक्रमा गरि लिङ्कगेटमा समापन गरिएको थियो ।

सोही दिन कृष्णनगरपालिका को हलमा बृहत विद्यालय स्तरीय बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको थियो । जसमा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक नवरत्न पौडेल , अप प्रमुख आरती देवी चौधरी लागएत जनप्रतिनिधि र स्कुलका शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो । कार्यक्रमको संचालन  नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थीले गर्नु भएको थियो । कार्यक्रमको आयोजना मानव बेचबिखन नियन्त्रण जिल्ला समिति कपिलवस्तु ले आयोजना गरेको थियो जसमा आफन्त नेपाल, र शान्ती पुनर्स्थापना गृह लगाएत अन्य संस्थाको सहयोग रहेको थियो ।

कार्यक्रम निकै प्रभावकारी भएको र मानव बेचबिखन नियन्त्रणका विषयमा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालेले निकै गहकिलो सब्दहरु राख्नु भएको थियो कार्यक्रम दिउँसो ३ बजे समापन भएको थियो । अजय मिश्र,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here