दोलखा, २७ भदौ कालिन्चोक गाउँपालिका-६ मार्केथारा बस्ने ३८ वर्षीय धन कुमार थामीको घरमा करेन्ट सर्ट भई बुधबार राती लागेको आगो फैलिएर सँगै रहेको उनकै आमा सेती माया थामीको घर समेत पुर्ण रूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















