काठमाडाैं । लमजुङ बेँसीसहर नगरपालिकास्थित मस्र्याङ्दी नेवाः समाज (मस्र्याङ्दी सी गुठी) बेँसीसहरको प्रथम साधारण सभा सम्पन्न भएको छ । आज बेँसीसहर नगरपालिका वडा नं. ८ मा विविधि कार्यक्रमको आयोजना गर्दै यस समाजको साधारणसभा सम्पन्न गरेको हो ।
सो सभालाई सम्बोधन गर्नुहुँदै नेवाः दे दवु केन्द्रिय पूर्वअध्यक्ष तथां संरक्षक नरेश ताम्राकारले नेपाल विभिन्न जातजातिको संस्कार संस्कृति भएको देश रहेपनि सबैभन्दा बढी नेवारको कला,संस्कार,संस्कृतिले विश्वलाई नेपाल चिनाउन सफल भइरहेको बताउनुभयो । नेवार समुदायकै कारण संस्कृतिमा धनी नेपालमा नेवार सस्कृति हेर्न समेत विदेशी पर्यटक आउने गरेको र यसबाट राज्यको आम्दानी समेत भइरहेको उहाँको भनाई छ । पछिल्लो समयमा नेवार समुदायको संस्कार संस्कृति लोप हुन सक्ने भन्दै उहाँले यसको संरक्षणका लागि नेवार समुदाय विषेश गरी युवा पुस्ता सबै एकजुट हुन आवश्यक रहेको र नेवार समुदायभित्र जति गुठीहरु भएता पनि सबै गुठीहरु एक आपसमा मिलेर नेवार जातिको उत्थानमा लाग्नुपर्ने धारण उहाँले राख्नुभयो ।
जहाँ नेवार छ त्यहाँ नेवाः दे दबुको संगठन पु¥याउने अभियान चलिरहेको र लमजुङे नेवारहरुले पनि साथ दिनु पर्ने बताउँदै जिल्लाको पालिका पालिका पुगेर वडा वडामा पुगेर सो गठन गर्दै त्यहाँ भएका साधन श्रोतको सदुपयोग गर्ने, भाषा कला संस्कृति, संस्कारको संरक्षण गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले मस्र्याङ्दी नेवा समाजले सराणीय काम गर्दै आएको र अझै राम्रो गर्दै भाषा, कला, संस्कारमा अग्रणी भूमिका निर्वाह गर्न सकोस् भन्दै शुभकामना ब्यक्त गर्नुभयो । गुठीमा विभिन्न पार्टीमा संग्लन भएपनि नेवारको हकहितको लागि सबै एक भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै, गण्डकी दे देवुका वरिष्ठ उपाध्यक्ष विष्णु कजुले नेवारको भेषभूषा, कला, संस्कार,संस्कृति उत्कृष्ट रहेको र नेपाल सरकारकै सम्पत्ती रहेकाले यसलाई संरक्षण गर्न पनि सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, नेवाः दे दबु लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठले नेवार समुदाय एकजुट हुन नसक्दा पनि विभिन्न अवसरबाट नेवार समुदाय पछि पर्दै आएको बताउनुभयो । सो समाजका अध्यक्ष रामकुमार श्रेष्ठले समाजका भावि कार्यक्रमको बारेमा जानकारी गराउँदै आगामी दिनमा अझै सबैलाई समेटेर गुठीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिवद्र्धता जनाउनुभयो ।
समाजका सचिव ओम कायस्थले समाजका संगठानिक गतिविधिको बारेमा प्रस्तुतिकरण दिनुभएको थियो भने, कोषाध्यक्ष रामलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा लक्ष्मी परोपकार सि गुठीका अध्यक्ष कर्णेल दिलकुमार श्रेष्ठ, स्थानीय सि गुठीका अध्यक्ष तिर्थमान श्रेष्ठ, बेँसीसहर धर्मसी गुठीका अध्यक्ष विमल श्रेष्ठ, धर्मसी गुठीका अध्यक्ष विकास श्रेष्ठ, मिलिजुली गुठीका अध्यक्ष शम्भुलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यस्तै, सो अवसरमा समाजले विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।


















