काठमाडाैं । दुई नेपाली पब्जी टिम डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया फल २०२४ मा होरा ई-स्पोर्ट्स छैटौँ स्थानमा रही पीएमजीसी २०२४ मा छनोट भएको हो भने डीआरएस गेमिङ यस पहिले नै पीएमजीसी पोइन्टका आधारमा छनोट भएको थियो ।
पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया फल २०२४ को फाइनल चरणमा प्रतिस्पर्धा गरेका १६ टिममध्ये नौ टिमले पब्जी विश्वकप खेल्ने पक्का गरेका छन् । छनोट भएका टिमहरूमा फोमिराकल भाइब्स, फाल्कोन फोर्स, डीआरएस गेमिङ, एएस आइएट ई-स्पोर्ट्स छन्, जो पीएमजीसी पोइन्टको आधारमा छनोट भए । अन्य पाँच टिम भने यस प्रतियोगिताबाट छनोट भएका हुन्, जसमा स्टलवार्ट ई-स्पोर्ट्स, होरा ई-स्पोर्ट्स, मेजर प्राइड, डीई मुर्ते र एओआर ई-स्पोर्ट्स छन् ।
पीएमजीसी २०२४ आगामी अक्टोबर-नोभेम्बरमा हुने अनुमान छ ।

















