उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

43

कपिलवस्तु । आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाएकाे छ ।

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदायलाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे। साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न पिछडा वर्ग लाई समेत अगाडि बढाउनु पर्नेमा जोड दिनुपर्ने बताउदै असन्तुष्ट पक्षको जायज माग दुई तिहाई बहुमत बाट संविधान सन्सोधन गर्नुपर्ने आवश्यक रहेको बताए।

नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनुपर्ने बताउदै राजनितिक नियुक्ति हरूमा समेत समावेशीता गर्नुपर्ने बताउदै धार्मिक स्वतंत्रता लाई अझै बलियो बनाउनु पर्ने बताए।

। साथै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले समेत संविधान दिवसको अवसरमा शुभकामना दिदै नेपाली जनताको उज्जवल भबिस्यको कामना गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here