काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपराधको कुनै प्रमाण नै संकलन नगरी हचुवाको भरमा पक्राउ गरिएकाले तत्काल रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतमा उनलाई रिहाइको माग गर्दै सोमबार निवेदन दर्ता गरिएको हो ।
जिल्ला अदालतले तीन दिन थुनामा पठाएपछि प्रसाईँ परिवार सर्वोच्च पुगेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार निवेदन दर्ता भएको र भोलि (मंगलबार)का लागि पेशी तोकिएको छ ।

















