काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
आज बिहान प्रचण्ड निवास पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् । र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले जनाए ।
प्रचण्डले देशमा विदेशीको चरम हस्तक्षेप भएकोसमेत स्वीकार गरेको मिश्रले जनाएका छन् ।


















