रस्ना र अर्जुनले ल्याए ‘छाता ओढाइदेउन’ ( भिडियो )

42

काठमाडौं  ।  गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको  ‘छाता ओढाइदेउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ।

म्युजिक भिडियोमा रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here