ट्रक आगजनी संलग्न भएको आरोपमा ७ जना पक्राउ

35

झापा । ट्रक आगजनीमा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंका थप ७ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई झापा कनकाईको लक्ष्मीपुर क्षेत्रबाट गएराति प्रहरीले पक्राउ गरेको हो। असोज ६ गते बिरिङ पुल र बुट्टावारीमा दुईवटा भारतीय ट्रकमा भएको आगजनीमा संलग्न भएको आशंकामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जनाए ।

पक्राउ पर्नेहरुमा हल्दीवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेका बताइएको छ। तर, प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

प्रहरीले यस अघि राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू र राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको थियो।

उनीहरुमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here