थारू समुदायका महिलाहरूले आज जितिया मनाउँदै

31

काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् ।

नेपालकाे पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका हुन् ।

गाउँदेखि शहरसम्म व्रतालु महिलाका लागि ठाउँ-ठाउँमा जितिया महोत्सवको आयोजना गरिएको छ । काठमाडौं उपत्यकामा भने थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरे छन्। थारू महिला समाजले राष्ट्रिय नाँचघर जमल, थारू महिला सभाले पर्यटन बोर्ड भृकुटीमण्डप र थारु सां‌स्कृतिक विकास मञ्‍चले ललितपुरको कुप्णडोलमा एकै दिन जितिया महोत्सव आयोजना गरेका हुन।

हिजोदेखि सुरू भएको जितिया तीन दिनसम्म मनाइने थारू महिला समाज उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीको धारणा  छ । मुख्यतः पु्वी झापादेखि पश्चिम नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौंमा समेत मनाउन थालिएको छ।
हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन्। परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।

थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाई/ लहाइ अर्थात नुहाए खाने दिन आज (मंगलबार), ब्रत (बुधबार) र समापन (बिहीबार) रहेको छ ।

यसरी मनाने गरिन्छ जितिया पर्व ?

श्रद्वाजुल भक्तजन वर्तालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना ( खैर) र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

जितियाको अन्तिम तथा पारन (समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here