टी–२० त्रिकोणात्मक सिरिज नेपालले क्यानडासँग खेल्ने

34

काठमाडाैं ।  टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्न लागेको छ। क्यानडाको किङ्ग्स सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल ९ः४५ बजेबाट सुरु हुनेछ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा ओमानसँग आइतवार खेल्नेछ भने मङ्गलवार अक्टुबर १ मा क्यानडासँग खेल्ने छ। बुधवार अक्टुबर २ मा फेरि ओमानसँग खेल्ने छ।

आइसीसि विश्वकप क्रिकेट लिग २ को एक दिवसीय सिरिज अन्तर्गत एक खेलमा पनि जित निकाल्न नसकेको नेपालले शनिवार जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टीममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) मा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here