प्रधानमन्त्री ओली भियतनाम जाँदै

198

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम जाने भएका छन् । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री वैशाख २६ गते भियतनाम जान लागेका हुन् ।

बौद्धमार्गी मुलुक भियतनामसँग द्विदेशीय हवाई सम्झौता नवीकरण गर्ने तथा धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उपाय पहिल्याउने प्रधानमन्त्रीको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोले जनाएको छ ।

उनले पहिलोपटक राष्ट्रिय धवजावाहक नेपालका वायुसेवा निगमको चार्टर्ड सेवा लिने छन् ।

भियतनामपछि उनी अर्को पूर्वी एसियाली मुलुक कम्बोडियाको भ्रमणमा जाने छन् ।

गत डिसेम्बरमा काठमाडौंमा युनिभर्सल पिस फेडरेसनको आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सहभागी कम्बोडियाका प्रधानमन्त्री हुन सेनले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएका थिए ।

कम्बोडियापछि थाइल्यान्ड हुँदै जेठ १ गते प्रधानमन्त्री ओली नेपाल वायुसेवाको बैंकक–काठमाडौं नियमित उडानबाट स्वदेश फिर्ता हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here