सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलियाे

16

राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ। शनिबारको बिहानको मापनअनुसार कसी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ।

निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ।

पानीको बहाव बढेपछि व्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ। यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो।

यसैबीच बिहार सरकारको जलसंसाधन विभागले कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here