काठमाडौं । सरकारले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।
गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ भ कार्यरत छन् ।
यसैगरी मन्त्रालयले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।



















