संसदीय सुनुवाई विशेष समितिको बैठक भर्खरै सुरु

288

काठमाडौं/ पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक भर्खरै सिंहदरबारमा सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइबारे निर्णय लिन संसदीय सुनुवाइ विशेष समितिको बैठक भर्खरै सुरु भएको हो ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वसम्मति मै प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अस्वीकृत गर्न सर्वसम्मत निर्णय गर्ने दाउमा रहेको छ भने प्रमुख प्रतिपक्ष कांग्रेस जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने अडानमा रहेको छ । पछिल्लो पटक बुधबार बसेको समितिको बैठकले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाईबारे ठोस निर्णय लिने जनाएको थियो ।

जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र माथि पनि प्रश्न उठेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीलाई प्रस्तावित प्रधानन्यायाधीश बनाउन नहुने पक्षमा उभिएको छ । प्रमुख दुई दलका फरक–फरक अडानका कारण गत साउन १० गते नै सुनुवाई सकिएपनि जोशीलाई के गर्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here