धादिङको झ्याप्ले खोलामा बस भेटियाे

69

काठमाडौं ।  गोरखादेखि काठमाडौंका लागि छुटेको तीन दिनदेखि सम्पर्कविहीन रहेको बस धादिङको झ्याप्ले खोला पहिरोमा भेटिएको छ। पहिरो पन्छाउने क्रममा आज बिहान भेटिएको बस गोरखादेखि हिँडेको रहेको पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको बस नै झ्याप्ले खोलामा भेटिएको बस रहेको हो। उक्त बसको नम्बर ना ४ ख २२७० रहेको खुलेको छ।

बसमा चार जनामात्रै यात्रु रहेको खुलेको छ। त्यसमा रहेका यात्रुहरूको पहिचान हुने क्रम जारी रहेको छ। उक्त बस शुक्रबार बिहान ११ बजे धार्चे गाउँपालिकाको लापुबेसीबाट काठमाडौं प्रस्थान गरेको थियो। बसका चालक र सहचालकसँग खानीखोलाबाट सम्पर्क टुटेको कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए।

खत्रीले बसमा दुई तीन जना मात्रै यात्रु रहेको बुझिएको बताएका छन्। चालक र सहचालकसँगको कुराकानीमा अत्यधिक जाम रहेको भनेका उनले बताएका छन्। प्रहरीले पनि बसमा चार जना मात्रै रहेको बताएको छ। बसबाट सबैको शव निकालिसकिएको छ।

त्यस्तै अर्को हायस गाडी चितवनबाट आएको  यसअघि नै खुलेको थियो। उक्त गाडीमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ। झ्याप्ले खोलाबाट शनिबार बिहान मात्रै २१ जनाको शव निकालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here