विपतका बेला जथाभावी हवाई भाडा नबढाउन निर्देशन

35

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा जथाभावी नबढाउन निर्देशन दिएको छ।

समिति सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै यस विषयमा आवश्यक निर्देशन तथा सहजीकरण गरिदिन अनुरोध गरेका हुन्।

देशको विभिन्न स्थानमा मनसुनी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बन्नुपर्ने समितिको पत्रमा उल्लेख छ।

दसैँको मुखमा आएको विपत्तिले नेपाली जनतामा त्रासको वातावरण रहेको र देशका विभिन्न स्थानमा बाढी र पहिरोको असरले सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको समितिले उल्लेख गरेको छ।

rajya_XKmv061xNN-1727605536.png

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here