न्यायाधीशद्वय फुयाल र ढुङ्गानाको संयुक्त इजलासमा पेसी

23

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ।

साइबर अपराधको आरोपमा पक्राउ  परेका प्रसाईंलाई रिहाईको माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

सोमबार पनि उक्त  मुद्दा पेसीमा चढेपनि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेको थियो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको थियो।

उक्त रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको  थियो।

प्रसाईंलाई एक साताअघि प्रहरीले पक्राउ गरेको थियो भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर समेत भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here