मुम्बई । बलिउड अभिनेता गोविन्दा मंगलबार बिहान गोली लागेर सख्त घाईते भएका छन् । ६० वर्षीय यी अभिनेता मँगलबार बिहान ४ः४५ बजे आफ्नै बन्दुकको गोली लागेर घाईते भएका हुन् । सो गोलीले उनको खुट्टामा गँभिर चोट लागेको छ । गोली लागेर अत्याधिक रगत बगेको अबस्थामा उनलाई परिवारले बिहानै मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना गरेका थिए ।
यो घटनाको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर गोविन्दाको बन्दुक कब्जामा लिएको छ । त्यतिबेलासम्म परिवारले उनलाई अस्पताल पु¥याईसकेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको मुम्बई प्रहरीले जनाएको छ । गोविन्दाको हाल अस्पतालमा उपचार चलिरहेकाले उनीसँग बयान लिन डाक्टरले अनुमति नदिएको र स्वास्थ्यमा सुधार आएपछि घटना’bout बयान लिने पनि प्रहरीले जनाएको छ ।
गोविन्दाको उपचार गरिरहेका मुख्य चिकित्सक डा. अग्रवालले अभिनेता गोविन्दाको स्वास्थ्यमा सुधार भईरहेको मँगलबार दिउँसो सञ्चारकर्मीलाई बताएका छन् । उनकी छोरी टीना आहुजाले पनि चिकित्सकको भनाईलाई अनुसरण गर्दै बुवाको स्वास्थ्य बिहानको भन्दा दिउँसो केही राम्रो भएको बताएकी छिन् ।
छोरी टिनाले भनिन्,‘ अहिले बुबाको खुट्टामा गोलीलागेको ठाउँमा शल्यक्रिया भइरहेको छ र उहाँ २४ घण्टा आईसीयूमा बस्नु हुनेछ । आत्तिनुपर्ने अवस्था छैन ।’ घटना’bout टिनाले भनिन्,‘उहाँले कपाटमा रिभल्भर राख्दा अकस्मात पड्किएर गोली घुँडा मुनि लाग्यो । उहाँको खुट्टालाई पहिलाकै अबस्थामा ल्याउनको लागि चिकित्कहरुको प्रयास रहने छ ।’
अभिनेता गोविन्दाको अत्यधिक रक्तश्राव भएका कारण उनलाई रगत पनि दिनुपरेको छोरीले बताएकी छिन् । बलिउड चलचित्र उधोग र प्रसँसकहरुले वुवाको स्वस्थ्यलाभको कामना गरेकोमा छोरी टिनाले धन्यबाद ज्ञापन गरेकी छिन् ।
मंगलबार बिहान उठेर कतै जाने तयारीमा गोविन्दा थिए । सोही क्रममा गोविन्दाले आफनो रिभल्भरलाई चेकजाँच गरेर कपाटमा राख्ने क्रममा रो रिभल्भर पड्किएको थियो ।
अभिनेता गोविन्दाले अस्पतालको सैयाबाट मँगलबार दिउँसो एउटा अडियो सन्देश आफन्तलाई पठाएका छन् । जसमा उनले भनेका छन्,‘नमस्कार, प्रणाम, म गोविन्द । तपाईहरु सबैको आशिर्वाद, आमाबुवाको आशीर्वाद र गुरुको कृपाले गोली लागेर पनि बाँचेको छु । म यहाँका डाक्टरहरूसँग उपचाररत छु र आदरणीय डा अग्रवाल जी र मेरो लागि प्रार्थना गर्नुहुने सबैलाई धन्यवाद दिन्छु । सबैलाई धन्यवाद, अभिवादन ।’


















