उपत्यकामा कम गाडी चल्याे

50

काठमाडाैं ।  आज काठमाडाैं उपत्यकामा कम गाडी चलेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दशैँका लागि काठमाडाैंबाट यात्रुहरू गाउँघर जाने क्रम बढेकाले काठमाडाैं उपत्यकामा आज गाडी कम चलेका हुन् ।

अरू बेला गाडीको निकै चाप हुने काठमाडाैंका मुख्य चोकहरूमा आज भने आलोपालो गरेर सामान्य अवस्थामा नै गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

देशका मुख्य राजमार्गमा पनि आज कुनै अवरोध छैन । बाढी पहिरोले बीपी र कान्ति लोकपथ बन्द रहेको छ । अरू राजमार्गमा कतै पनि अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक भासिएर कहिले एकतर्फी र कहिले बन्द हुँदै आएको पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा पनि आज दुईतर्फी नै गाडी चलिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here