मोबाइल बारे राेचक तथ्य !

9

काठमाडौं । अहिलेको समयमा मोबाइल, फोन बिना सायद नै कोही देख्न सकिँदैन । स्मार्टफोन त झन् लगभग सबैको हातमा देख्न सकिन्छ । केही हजार रुपैयाँदेखि लाखौँ रुपैयाँसम्मका मोबाइल फोन बजारमा उपलब्ध छन् ।

तिनको मूल्यअनुसार विशेषताहरू पनि फरक–फरक हुन्छ । के हामीलाई आफ्नो फोनको बाहिरी भागको बारेमा सबै कुरा थाहा हुन्छ ? तपाईंले कहिल्यै आफ्नो मोबाइल फोनको तल्लो भागमा एउटा सानो प्वाल देख्नुभएको छ ? के थाहा छ कि यो के का लागि हुन्छ ? केही व्यक्तिलाई यसको बारेमा थाहा हुन सक्छ तर, धेरैजसो व्यक्तिलाई यसको जवाफ थाहा हुँदैन । वास्तवमा यो सानो प्वाल हाम्रो फोनको आवाज टिप्ने माइक्रोफोन हो । सरल शब्दमा भन्नुपर्दा जब हामी मोबाइल फोनमा कुरा गर्छौँ, तब यही माइक्रोफोनले काम गर्छ ।

जब हामी कसैलाई फोन गर्छौँ, तब यो माइक्रोफोन सक्रिय हुन्छ । यो सानो प्वालले हाम्रो आवाजलाई सही तरिकाले समात्छ र अर्को पक्षलाई स्पष्ट रूपमा पुर्‍याउँछ । रोचक कुरा के छ भने यदि वरिपरि हो-हल्ला छ भने यो माइक्रोफोनले सबै प्रकारका आवाजहरूलाई टिप्दैन ।

जब हामी कुरा गर्छौँ, तब हाम्रो आवाज सिधै नजिकको प्वालबाट जान्छ, जसले गर्दा अर्को पक्षलाई हाम्रो आवाज स्पष्ट सुनिन्छ । सामान्यतया यो प्वाल चार्जिङ पोर्टको नजिकै हुन्छ तर, केही फोनहरूमा यो क्यामेरा र फ्ल्यासलाइटको नजिक पनि पाइन्छ । यद्यपि यसको काम पनि न्वाईज क्यान्सिलेसन नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here