काठमाडौं । कपिलवस्तु, महाराजगंज नगरपालिका-९ शिउभारी बस्ने ३० वर्षीय तिग्गी भन्ने चन्द्रभान गडेरिया सोही ठाउँस्थित जमुवा शान्तिनगर जाने कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्ने ५२ वर्षीय प्रकाश राई सोही ठाउँस्थित बिजुवा खहरे खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । दैलेख, आठबीस नगरपालिका-२ भिउरासिर बस्ने ३५ वर्षीय कमल बिक सोही ठाउँस्थित सडक तल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट सुनसरी, २२ असोज कोशी गाउँपालिका-३ प्रवेश टोल बस्ने ४५ वर्षीय सराज अन्सारीको घरमा मंगलबार बिहान आगलागी हुँदा घरभित्र रहेको सरसामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















