नेपालले फिफा विन्डोमा ताजिकिस्तानसँग खेल्ने

38

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले तुलनात्मक रुपमा बलियो ताजिकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का गरेकाे छ ।

एन्फाले जानकारी दिए अनुसार नेपालले नोभेम्बरको फिफा विन्डोमा ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।

जसका लागि एन्फाले नविन न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा समेत नियुक्त गरेका छ । साथै ताजिकिस्तानसँगको खेलका लागि भनेरै ३६ सदस्यीय प्रारम्भिक टोली पनि घोषणा गरिएको छ । जसमा केही नयाँ र पुराना खेलाडीहरुको पनि सम्मिश्रण रहेको छ ।

३६ सदस्यीय प्रारम्भिक टोलीमा

गोलकिपर्सः किरन चेम्जोङ, बिशाल सुनार, दिप कार्की, अभिषेक बराल, जियारथ शेख, कृशल मोक्तान

डिफेन्डर्सः अनन्त तामाङ, छिरिङ लामा, सिमान्त थापा, रोहित चन्द, बिमल पाण्डे, निर्मल घिसिङ, सनिष श्रेष्ठ, बिबेक चौधरी, रणदिप पौडेल, एन्जल महर्जन, सबिन घिमिरे, अभिषेक वाइबा

मिडफिल्डर्सः लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिक बिष्ट, आशिष राई, अभिनाश स्याङ्तन, मनिष डाँगी, आयुष घलान, उज्ज्वल राई

फरवार्डसः जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुमित श्रेष्ठ, सन्जिव बिष्ट, समिर तामाङ, निराजन धामी रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here