धनकुटा । शहिदभुमी गाउँपालिका-३ डाँडागाउँ बस्ने थामशेर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदी, काठपात, कागजपत्र, नगद लगायतका सरसामान जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















