काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ ।
ताजिकिस्तानमा हुने थ्री नेसन्समा नेपाल र अफगानिस्तान को सहभागिता रहनेछ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ।
मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाइएका छन् ।
सोमवार टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३६ बन्द प्रशिक्षणका लागि खेलाडीलाई डाकेका थिए।


















