ब्राउन सुगरसहित चार जना प्रहरी नियन्त्रणमा

68

बर्दिया /  जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले बर्दियाका दुई ठाउँबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुलरिया–५ का २७ बर्षिय रोजन पुरी, मधुवन–२ का दिनेश नेपाली, मधुवन–६ का २२ वर्षीय सन्तोष थापा र १९ वर्षीय खगेन्द्र शाहीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

रोजन पुरी र दिनेश नेपालीको साथबाट ५ पुरिया ब्राउन सुगर बरामद गरिएको छ, भने थापा र शाहीको साथबाट १० पुरिया ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । पछिल्लो समय खुला सीमानाको फाइदा उठाउदै लागूऔषध ओसार पसारको घटना बढेपछि सीमावर्ती क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here