ला लिगाको शीर्ष स्थानमा सोसियडाड

123

एजेन्सी / रियल सोसियडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सुक्रबार राति भएको खेलमा रेलिगेसन टोली लेनागेससँग १–१ गोलको बराबरी खेल्दै  सोसियडाडले शीर्ष स्थान कब्जा गरेको हो ।

रियलले बार्सिलोनालाई एक अंकले पछि पारेको छ । सोसियडाडका लागि माइकल मेरिनोले ६३औ मिनेटमा गोल गरेका थिए । त्यसपछि लेगानेसका युसुफ इन नेसरीले ७८औ मिनेटमा बराबरी गोल गरेका थिए ।

बराबरीसँगै सोसियडाडले १३ खेलबाट २३ अंक जाेडेकाे छ । ११ खेल सक्दै दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ अंक छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि २२ अंक छ । सोसियडाडलाई बराबरीमा रोकेको लेगानेस ६ अंक सहित तालिकाको अन्तिममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here