आज सुनको मूल्यमा नयाँ किर्तिमान कायम

40

काठमाडौं । आज सुनको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको मूल्य अहिलेसम्मको उच्च मुल्य हो ।

यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here