ज्योति विकास बैंक र स्काइवाकबीच विशेष छुट प्रदान गर्ने सम्झौता

30

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि स्काइवाक नेपाल मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

बैंकले काठमाडौंको कमलादीस्थित स्काइवाक नेपाल मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो।सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी तथा स्काइवाक नेपालको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले स्काइवाक नेपाल का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here